पूर्वाञ्चल खबर
सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेड क्वाटर कंकालनिले ‘विपद उद्धार तथा प्रतिकार्य सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम’ विराटनगर महानगर पालिका र सुनसरीको बर्जु गाउँपालिकाको सीमा क्षेत्रमा रहेको केशलिया खोलामा आज सम्पन्न गरेको हो।
कृत्रिम घटना अभ्यास कार्यक्रममा आगलागीवाट सुरक्षित निकाल्नु, वाढीपहिरोवाट जनधनको क्षति जोगाउन, खोलामा डुवीरहेको नागरिकको ज्यान जोगाउनु लगायतका अभ्यास गरिएको थियो ।
वर्षायामको सुरुवातसँगै हुन सक्ने सम्भावित प्राकृतिक प्रकोपहरु (जस्तैः बाढी, पहिरो, डुबान) बाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न र विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त अभ्यास कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा विपदको समयमा तत्काल कसरी परिचालन हुने, घाइतेहरूको उद्धार कसरी गर्ने र प्राथमिक उपचार कसरी पु¥याउने भन्ने विषयमा सशस्त्र प्रहरीका जवान तथा अधिकारीहरूले कृत्रिम घटनाको प्रयोगात्मक अभ्यास गरेका गरिएको थियो ।
विपदको घडीमा सुझबुझले धेरैको ज्यान जोगाउन सकिने हुनाले सुरक्षा निकायलाई सधैं तयारी अवस्थामा राख्न यस्ता अभ्यास कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बलले जनाएको छ।
सो अवसरमा मोरङ जिल्ला प्रमुख जिल्ला अधिकारी युवराज कट्टललले गाउँ घरमा उपलव्ध स्थानीय क्षेत्रमा उपलव्ध सामाग्रीको प्रयोगबाट बाढी पहिरोको जोखिमका समयमा उद्धार गर्न सकिने बताए। उनले स्थानीय पालिकाको सानो रकमको सहयोगवाट विपतका समयमा नागरिकको जनधनको रक्षागर्न आग्रह गरे ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला लगायत सशस्त्र प्रहरी कंकालनीका प्रमुख गेहेन्द्रबहादुर भण्डारी, जिल्ला प्रहरी मोरङका प्रमुख कवित कटुवाल,स्थानीय, रेडक्रसका प्रतिनिधि लगायतको उस्थिति रहेको थियो ।