AArya
RUMPUM
animated ellipse animated ellipse

वडा बाल सञ्जालको श्रुतिलेखन प्रतियोगितामा सिद्धार्थका तीन विद्यार्थी प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ जेष्ठ २०८३, मंगलवार १९:२३
3
Shares
सुन्दरहरैंचा/ सुन्दरहरैंचा नगरपालिका वडा नं. १० बाल सञ्जालद्वारा आयोजित श्रुतिलेखन (स्पेलिङ) प्रतियोगितामा सिद्धार्थ सेकेण्डरी स्कुलका तीन विद्यार्थीले प्रथम स्थान हासिल गरेका छन्।

प्रतियोगितामा विद्यालयका विद्यार्थी अग्रिमा मास्के, आराध्या न्यौपाने र अविष्कारले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गरेका हुन्। विभिन्न विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धामा उनीहरूले आफ्नो प्रतिभा, मेहनत र लगनशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए।

विद्यार्थीहरूको उपलब्धिप्रति विद्यालय परिवारले खुसी व्यक्त गर्दै उनीहरूलाई बधाई तथा शुभकामना दिएको छ। विद्यालय प्रशासनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा भाषिक दक्षता, आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

प्रतियोगितामा प्राप्त सफलताले विद्यालयको शैक्षिक गुणस्तर तथा विद्यार्थीहरूको प्रतिभालाई थप उजागर गरेको विद्यालयको भनाइ छ। साथै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीहरूलाई प्रेरित गरिएको छ। विद्यालयले विजेता विद्यार्थीहरूलाई सम्मानसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर