पूर्वाञ्चल खबर
स्नातक र त्योभन्दा माथिल्लो तहका विभिन्न शैक्षिक पृष्ठभूमि भएका प्रतिभाशाली प्रतिस्पर्धीहरूलाई पछि पार्दै आदित्यकुमार साह र पूजा यादवलाईको जोडीले ह्याकाथन २०२६ को प्रतिष्ठित उपाधि जित्न सफल भएका हुन् ।
चितवनमा आयोजना गरिएको उक्त चार दिने ह्याकाथनले वन्यजन्तु संरक्षण र सामाजिक प्रभावका लागि प्रविधिमा आधारित समाधानहरू खोज्न नेपालभरिका प्रखर युवा मस्तिष्कहरूलाई एकै ठाउँमा ल्याएको थियो। आफ्नो लगनशीलता, सिर्जनशीलता र दृढताका माध्यमबाट आदित्य र पूजाले राष्ट्रिय मञ्चमा अरनिको कलेजको उत्कृष्टता र क्षमतालाई उजागर गरेका छन्।
यो गौरवपूर्ण उपलब्धि उनीहरूको कडा परिश्रम, नवप्रवर्तनप्रतिको लगाव र प्रविधिका माध्यमबाट अर्थपूर्ण समाधानहरू खोज्ने प्रतिबद्धताको प्रतिफल रहेको कलेजका प्रिन्सिपल राजेश कार्कीले बताए ।
उनीहरु नगद ३ लाखसहित अन्य थुप्रै पुरस्कार प्राप्त गरेका छन् ।