AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल विजनेश कलेजले गर्यो बीबीए आठौं सेमेष्टरका विद्यार्थीको भावपूर्ण विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ जेष्ठ २०८३, सोमबार १७:४५
486
Shares
विराटनगर/विराटनगर – ११ स्थित नेपाल विजनेश कलेजमा सन् २०२१ सत्रका लागि भर्ना भई अध्ययन पुरा गरेका बीबीए आठौं सेमेष्टरका विद्यार्थीको विदाई गरिएको छ ।

आइतबार सन् २०२२ सत्रका बीबीएमा अध्ययनरत सातौं सेमेष्टरका विद्यार्थीले ‘विदाई कार्यक्रम’को आयोजना गरी आठौं सेमेष्टरका ९८ जना विद्यार्थीलाई भावपूर्ण विदाई गरे । विदाईको पल कारूणिक थियो भने वर्षौ सँगै पढेका साथीसँग छुट्टिनु पर्दाको पीडाबोध विद्यार्थीको अनुहारमा प्रष्टै झल्किएको थियो । कार्यक्रममा बोल्दै विदाई  हुने विद्यार्थी सरिताकुमारी यादव, प्रशान्ती सापकोटा र मनिषा मेहताले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै भविष्यमा सफल व्यक्ति बन्न बाटो देखाएको बताए । उनीहरूले अभिभावकको साथ र कलेजको प्रेरणाका कारण आफूहरूमा समाज र देशका लागि केहि गर्न सक्ने आँट पलाएको बताए ।

कलेजकी प्राचार्य एवं निर्देशक पिंकी शर्माले विदाई कार्यक्रममार्फत विद्यार्थीले कलेजमा विताएका ४ वर्षको अनुभव सुन्न खोजेको बताईन् । उनले कलेजमा भर्ना भएपछि पछि विद्यार्थीले सिकाईमा कतिको दक्षता हासिल गरे, आत्मविश्वास कुन स्तरमा बढ्यो, सिकाईमा कहिँकतै केहि कमी कमजोरी रह्यो की, बजारको प्रतिस्पर्धामा टिक्न सक्लान् कि नसक्लान् र भविष्यमा देशका लागि योगदान गर्न सक्ने भएकी भएनन् भन्ने बारे विद्यार्थीबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको बताईन् ।

कलेजका संस्थापक अध्यक्ष डा. भेषप्रसाद धमलाले काठमाडौ र विदेशजस्तै विराटनगरमै आफ्नो कलेजले गुणस्तरीय शिक्षा विद्यार्थीलाई प्रदान गर्दै आएको बताए । उनले काठमाडौका विद्यार्थीले समयमा सूचना पाउने तर विराटनगरका विद्यार्थीले विभिन्न अवसरका बारे ढिलो गरि सूचना प्राप्त गर्ने हुन सक्ने बाहेक पठनपाठनको गुणस्तरमा कुनै कमी कमजोरी नभएको बताए ।

कलेजले विदाई गरिएका विद्यार्थीलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरेको थियो । यस्तै अप्रिल १० मा कलेजमा अध्ययनरत बीबीए ७ औं सेमेष्टरका विद्यार्थीले आयोजना ‘माउण्ट ८८४८ लाइभ कन्सर्ट फर च्यारिटी’ कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्ने न्यू सृष्टि दैनिक र खबर पूर्वाञ्चल अनलाईन पत्रिकालगायत विभिन्न संघ संस्था एवं कलेजका विद्यार्थीलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीले विभिन्न रोचक खेल, सर्ट डकुमेन्ट्री, कविता, शायरी प्रस्तुत् गरी सहभागीलाई भरपुर मनोरञ्जन गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर