AArya
RUMPUM
animated ellipse animated ellipse

दमकमा बोराभित्र हालेर फालिएको अवस्थामा महिलाको शंकास्पद शव फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ जेष्ठ २०८३, शनिबार १९:२९
54
Shares
दमक/ झापाको दमकमा बोराभित्र हालेर फालिएको अवस्थामा एक महिलाको शंकास्पद शव आज विहान फेला परेको छ।

दमक नगरपालिका–१० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा शव भेटिएपछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान थालेको छ।

रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा अन्दाजी ३०–३२ वर्षीया एक महिलाको शव फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

आज बिहान करिब ११ बजे स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले बोरा खोल्दा महिलाको शव फेला पारेको हो । मृतकको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले उक्त महिलाको हत्या गरी अन्तैबाट ल्याएर पुल माथिबाट फालिएको हुनसक्ने संकेत गरेको बताउँदै, डीएसपी खड्काले भने, ‘शवको अवस्था हेर्दा २–३ दिन पुरानो जस्तो देखिन्छ । शवको प्रकृतिले यो हत्या नै भएको हुनसक्ने आशंका उब्जाएको छ । घटनाको विभिन्न तवरबाट अनुसन्धान थालिसकेका छौँ ।’

मृतक महिलाले रातो रङको भेस्ट र जिन्सको पेन्ट लगाएकी छिन् । उनको देब्रो हातमा ट्याटु खोपिएको छ । प्रहरीले सोही ट्याटु र हुलियाका आधारमा मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ ।

शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । यदि कसैलाई उक्त हुलियाको महिलाबारे जानकारी भएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर