AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अहिलेको संविधान महिला मैत्री रहेको हुनाले कार्यन्वयनमा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ बैशाख २०७४, बुधबार १८:३८
3
Shares
तस्वीर- म्याट जोन
विराटनगर, ६ वैशाख / अहिलेको संविधानले महिलालाई पूर्ण रुपमा हकअधिकार दिएको हुनाले कार्यन्वयनमा जोड दिनु पर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।
जागरण नेपालले विराटनगरमा आज आयोजना गरेको स्थानिय तहको निर्वाचनमा महिला उम्मेद्वारलाई सहयोग पुग्ने हिसाबले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सहभागिहरले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै जागरण नेपालको पूर्व अध्यक्ष सर्मिला कार्कीले अहिलेको संविधान महिला मैत्री रहेको हुनाले कार्यन्वयनको लागि सबै राजनैकि दल लाग्नु पर्ने बताइन् । उनले स्थानिय तहको निर्वाचनको लागि उप–मेयर, उपाध्यक्ष, प्रत्येक वार्डमा कम्तिमा दुई जना महिला अनिवार्य व्यवस्था गरेको हुनाले यसको तयारीमा लाग्नु पर्ने बताइन् । उनले आफ्नो पार्टीबाट चाँडै टिकटको माग गरी चुनावी अभियानमा होमिनु पर्नेमा जोड दिइन् ।
नेपाली काँग्रेस मोरङको सचिब नागेस कोइराला, नेकपा एमालेका नेता बावुराम कार्की, माओवादी केन्द्र मोरङका अध्यक्ष गोपी आछामी, मानवअधिकार सञ्जालका क्षेत्रीय संयोजक सोमराज थापा, एनजियो फेडिरेसनको केन्द्रीय सदस्य उमेश विश्वकर्मालगायतले बालेका थिए ।
जागरण नेपाले आयोजना गरेको तीन दिने तालिममा झापा, मोरङ, सुनसरी र सप्तरीमा ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर