AArya
RUMPUM
animated ellipse animated ellipse

‘भिजिट कोशी’ घोषणा गरी कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ जेष्ठ २०८३, मंगलवार २०:३८
3
Shares
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको बजेटमा मुख्य रुपमा उत्पादन, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेको बताएका छन्।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले बजेटले स्थानीय उत्पादनको प्रवर्धन, गरिबी निवारण, पर्यटन विकासलाई विशेष जोड दिएको विचार राखे।

्मुख्यमन्त्री कार्कीले प्रदेशका १३७ वटा पालिकासँगको साझेदारीमा एक पालिका एक कृषि उत्पादन विकास गरी रोजगारी सिर्जना गर्ने तथा रैथाने उद्योगलाई प्रोत्साहन गर्ने नीति अघि सारिने बताए। उनले प्रदेश सरकारले कृषि र दुग्ध उत्पादनको क्षेत्रमा दिँदै आएको अनुदानले प्रदेशको गरिबी घटाउन मद्दत पुगेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशभित्र रहेका दुई सय वटा घरेलु उद्योगलाई प्रोत्साहन गर्न प्रदेशका चार हजार कर्मचारीलाई लुगा भत्तामा थप पाँच हजार पाँच गरी हप्तामा एक दिने लगाउने गरी यही जेठ महिनादेखि कार्यान्वयन हुने जानकारी दिनुए।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘भिजिट कोशी’ घोषणा गरी विदेशमा रहेका नेपालीलाई निम्ता गरी यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने बताए। उनले प्रदेशका २९ पालिका जोडेर चार पदमार्ग निर्माण सम्पन्न भएपछि यस क्षेत्रको स्थानीय उत्पादन वृद्धि हुनुका साथै गरीवी निवारण र रोजगारीमा सहयोग पुग्ने बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले प्रदेश सरकारको उदय परियोजनाले ग्रामीण क्षेत्रमा साना तथा मझौला उद्योगबाट उत्पादन वृद्धि हुनका साथै व्याज अनुदानवाट कृषि उत्पादनको वृद्धिका साथै आधुनिकरणमा सहयोग पुग्ने विश्वास जनाए।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनवारले प्रदेश सदस्यहरुलाई एउटा जिल्ला एउटा साझा योजना ल्याउन अनुरोध गर्दै खानेपानी तथा पहाड तथा हिमाली क्षेत्रबाट वसाई सराई न्यूनिकरण गर्ने योजना ल्याउनुपर्नेमा जोड दिए।

प्रदेशका मुख्य सचिव राजेन्द्रकुमार पौडेलले आयआर्जन रोजगारी, स्वास्थ्य र शिक्षाम सबैको पहुँचको हिसावले वजेट आउने विश्वास जनाए।

मन्त्रालयका सह सचिव सुशिल वाँस्तोलाले प्रदेशको आर्थिक सामाजिक अवस्था कार्यपत्र प्रस्तुत गरे ।

अन्तरक्रियामा प्रदेश सदस्यहरुले पर्यटन, कृषिको आधुनिकीकरण, पहाडी तथा हिमाली क्षेत्रका वासिन्दाको वसाइ सराई न्यूनियनकरण गर्न विशेष कार्यक्रम ल्याउन सझाव दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर