AArya
RUMPUM
animated ellipse animated ellipse

साविक विजेता लेटाङलाई गर्दै पुलिस मिल्स गोल्डकपको अन्तिम चारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० जेष्ठ २०८३, आईतवार २०:१८
3
Shares
विराटनगर /साविक विजेता लेटाङ फुटबल क्लबलाई पेनाल्टीसुट आउटमा पराजित गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर विराटनगरमा जारी छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमामा प्रवेश गरेको छ ।

विराटनगर जुटमिल खेल मैदानमा आज भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले लेटाङलाई ४–३ गोल अन्तरले स्तब्ध बनायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि जितको छिनोफानो पेनाल्टीसुट आउटमाबाट गरिएको हो ।

पेनाल्टीसुट आउटमामा पुलिसका रमेश राजवंशी, सविन राई, हेम तामाङ र सञ्जीव लिम्बुले गोल गरे । पुलिसका समिर लिम्बुको प्रहार लेटाङका गोलरक्षक अमृत क्षेत्रीले बचाएका थिए । यता लेटाङका तर्फबाट निरज परियार, सुदिप श्रेष्ठ र सुलेन तामाङले मात्र गोल गर्न सके । लेटाङका सागर तिवारीको प्रहार बाहिरिएको थियो भने उमेश कार्कीको प्रहारलाई पुलिसका गोलरक्षक सचिन चौधरीले उत्कृष्ट बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे ।

निर्णायक बचाउ गरेका पुलिसका गोलरक्षक चौधरी नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद २१ सय रुपैयाँ पुरस्कार पाए । यसअघि खेलको दोस्रो मिनेटमै सञ्जय चौधरीको पासमा कृष्ण गुरुङले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको सुरुवातमै गोल खाएपछि दबाबमा परेको लेटाङले ३४ औं मिनेटमा बराबरी गोल फर्कायो । पृथ्वी चौधरीको पासमा अनुप मगरले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए । दुवै टोलीले थप अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

हारसँगै साविक विजेता लेटाङ पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी र टिडब्लुसिवाइ विराटनगरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर