AArya
RUMPUM
animated ellipse animated ellipse

घेराबेरा नभएको विद्यालयमा विद्यार्थी जोखिममा, सडक छेउको खुल्ला चौरमा खेल्छन् विद्यार्थी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ जेष्ठ २०८३, शुक्रबार ०६:०९
27
Shares
अनुज सापकोटा
विराटनगर / विराटनगरमा कतिपय सामुदायिक विद्यालयको हालत खराब छ ।विद्यालयमा पर्याप्त पूर्वाधारको कमि देखिएको छ । कुनै विद्यालयमा शौचालयको अवस्था नाजुक छ भने कुनैमा बस्नलाई डेस्क बेञ्च र गर्मीमा पंखाको अभाव छ । केहि विद्यालयका भ्mयाल ढोका सद्दे छैनन् । विद्यालयमा सुधारको पर्याप्त आवश्यकता देखिएपनि सरोकारवालाको ध्यान पुगेको छैन ।

विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले नगर क्षेत्रभित्रको सामुदायिक विद्यालयको रेखदेख गर्ने गरेको छ । महाशाखाका पदाधिकारीबाट विद्यालयको प्रशस्तै अनुगमन हुने गरेको छ । पदाधिकारीले अनुगमन वापत भत्ता राम्रै बुभ्mने गरेपनि जुन तिव्रतामा सामुदायिक विद्यालयको संरचनामा सुधार हुनु पर्ने हो सो देखिएको छैन । कतिपय विद्यालयका प्राचार्य, त्यहाँका शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिलाई कमि कमजोरीबारे चासो नै छैन भने महाशाखालाई लुतो न कन्याई झैंको आराम छ ।

विराटनगरको बीच बजारमा रहेको एक सामुदायिक विद्यालयका विद्यार्थी सधै दुर्घटनाको जोखिममा रहने गरेको खुलासा भएको छ । विराटनगर – १० स्थित संसारीमाई स्थानमा रहेको भानु मोरङ आधारभुत विद्यालयका विद्यार्थी दुर्घटनाको उच्च जोखिममा रहने गरेको पाइएको छ । विद्यालयमा घेराबेरा नहुँदा विद्यार्थी दुर्घटनामा पर्न सक्ने जोखिम देखिएको हो । विद्यालयलाई दुई पट्टीबाट सडकले छोएको छ । तर विद्यालयमा घेराबेरा वा कम्पाउण्ड वाल नै छैन । विद्यालयमा बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययन अध्यापन हुने गरेको छ ।

सो विद्यालयमा अवोध नाबालक पठनपाठन गर्न आउने गरेका छन् । कक्षा नभएको बेला विद्यालयका विद्यार्थी विद्यालय अगाडिको खाली जमिनमा खेल्ने गरेका छन् जहाँ कुनै घेराबेरा नै छैन । खेल्ने सुरमा कतिखेर विद्यार्थी सडकमा पुग्ने हो र दुर्घटना घट्ने होभन्ने अभिभावकलाई चिन्ता हुने गरेको छ । विद्यार्थी खेल्ने जमिन टाँसिएकै सडक भएकाले समेत सवारी साधन अनियन्त्रित भई खेलीरहेका विद्यार्थीलाई चोट पु¥ याउन सक्ने देखिएको छ ।

गर्मीबाट बच्न अधिकांश शिक्षक कोठाभित्रै अल्मलिने हुँदा खुल्ला आकाशमुनि खेलीरहने विद्यार्थीसम्म जोसुकैको पहुँच सजिलै देखिन्छ । विभिन्न कम्पनीले र व्यवसायिक संस्थाले सोही जमिनमा आफ्ना व्यापारिक स्टल राख्दै आएको हुनाले विद्यार्थीको सजहतामा समेत असर पुग्ने गरेको छ ।

अभिभावक ममता रामले कम्तीमा अस्थाई घेराबेरा लगाएर भएपनि विद्यालयलाई व्यवस्थित एवं विद्यार्थीलाई सुरक्षित बनाउनु पर्ने बताईन् । उनले खुल्लामा विद्यार्थीले खेल्दा आपत आइपर्न सक्नेमा बेलैमा विद्यालय सचेत हुनुपर्ने बताईन् । विद्यालयका प्राचार्य संजीव घिमिरेले विद्यालयको भवन सरकारी भएपनि जमिन संसारीमाई स्थान मन्दिरको भएकोले कम्पाउण्ड वाल लगाउन नसकिएको बताए ।

प्राचार्य घिमिरेले विद्यालयलाई अन्य विद्यालयमा गाभ्ने कुरा चलिरहेको हुनाले तत्कालका लागि संरचना निर्माणमा ध्यान नदिइएको बताए । सोमबार विद्यालय गाभ्ने कुरामा सरोकारवालाबिच बहस र छलफल हुँदा सफल हुन भने सकेन । विद्यालयमा १ सय हाराहारी नाबालक अध्ययन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर