AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

धरानमा अनलाइन जुवा खेल्ने १० पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०८३, मंगलवार २०:०२
3
Shares

सुनसरी /सुनसरीको धरानमा अनलाइन मार्फत जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षका उम्मेदवारदेखि व्यवसायीसम्म १० जना पक्राउ परेका छन् ।

सोमवार राती साढे १० बजे धरान उपमहानगरपालिका वडा नं १३, लक्ष्मी सडकस्थित मण्डला क्याफेमा अनलाइन जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

वडा प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

प्रहरीले उनीहरूको साथबाट अनलाइन जुवा खेल्न प्रयोग गरिएका विभिन्न कम्पनीका १५ थान मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान १३ का हेमन राई, योगेश लिम्बु, मिलन लिम्बु, सुशान्त घिमिरे, कुमार तामाङ, विवेक थापा, सुजित साह, अशोक लिम्बु, भवानी दाहाल र प्रज्वल राई रहेका सुनसरी प्रहरीको प्रवक्ता डिएसपी चन्द्र बहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ  ।उनीहरूमाथि जुवा ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर