AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर रन २.० म्याराथन प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०८३, मंगलवार १७:४५
54
Shares
विराटनगर / अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विराटनगर रन २.० म्याराथन प्रतियोगिता हुने भएको छ ।

लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा हुने बैशाख १८ गते विराटनगर रन २.० म्याराथन प्रतियोगिता हुने भएको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता हुने जानकारी गराएको छ ।

म्याराथन नोबेल अस्पतालबाट सुरु भई सहिद रंगशालामा पुगेर समापन हुने जिल्ला अध्यक्ष मनोजद तिवारी बताए । प्रतियोगिताको खुल्ला तर्फ विजेताले प्रथम हुनेलाई २५ हजार नगर, दोस्रो हुनेलाई ११ हजार नगद र तेस्रो हुनेलाई ६ हजार नगर र आकर्षक पुरस्कारसमेत राखिएको अध्यक्ष तिवारीस्ले जानकारी दिए । त्यस्तै विद्यार्थीतर्फ विजेताले ११ हजार, दोस्रो हुनेले ६ हजार र तेस्रो हुनेलाई ३ हजार नगद र आकर्षक पुरस्कारसमेत दिइने आयोजकले बताए ।

म्याराथनसँगै चर्चित गायिका रचना रिमालको लाइभ कन्सर्ट मुख्य आकर्षण रहने छ । दौडमा प्रयोग गरिएको टिकट नै कन्सर्टको ‘इन्ट्री पास’ हुने आयोजकले जनाएको छ ।

यसका साथै ट्राइसाइकल रेस र आर्म रेस्लिङ जस्ता प्रतियोगिताले कार्यक्रमलाई थप रोमाञ्चक बनाउने अध्यक्ष तिवारीले बताए । यो केवल खेल वा मनोरञ्जन होइन, स्वास्थ्य, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई जोड्ने अभियान रहेको तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर