पूर्वाञ्चल खबर
महानगरले आज बिहानदेखि बजार क्षेत्रका सडकपेटीमा राखिएका अनाधिकृत सामग्री हटाउन थालेको हो ।
संघीय राजधानी काठमाडौंमा बालेन साहले सुरु गरेको अभियानको प्रभाव अन्य स्थानीय तहमा परेसँगै विराटनगरले पनि यस कार्यलाई तीव्रता दिएको हो । महानगरले यसअघि दुई दिनसम्म नगर क्षेत्रमा माइकिङ गरेर व्यवसायी र सर्वसाधारणलाई सचेत गराएको थियो ।
आज उपप्रमुख शिल्पा निरला कार्कीसहितको टोली आफैं बजार क्षेत्रमा खटिएर फुटपाथ खाली गराउन निर्देशन दिएको छ । महानगरले पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री नराख्न, सडकपेटीमा निर्माण सामग्री नथुपार्न र मोटरसाइकल ग्यारेजका सामान राखेर बाटो अवरोध नगर्न कडाइ गरेको छ । साथै, मापदण्डविपरीत सञ्चालित कवाडी व्यवसायलाई पनि महानगरले निषेध गरेको छ ।
यसअघि पनि महानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने प्रयास गरेको थियो, तर नियमित अनुगमनको अभावमा व्यापारीहरूले पुनः सडकपेटीमै सामान राख्ने गरेका थिए । यसपटक भने महानगरले कडा चेतावनी दिँदै अब पनि अटेर गरे फुटपाथमा राखिएका व्यापारिक सामग्रीहरू सिधै जफत गरिने जनाएको छ ।
महानगरको यो कदमलाई सर्वसाधारणले स्वागत गरे पनि साना व्यवसायीहरूले भने उचित विकल्पको माग गरेका छन् ।
[