AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कवाडी गोदामभित्र लुकाइएका चोरीका सिटी फेला, सञ्चालक खोज्दै प्रहरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०८२, बिहीबार २०:५९
135
Shares
विराटनगर / विराटनगरबाट चोरी भएका सिटी सफारीहरू कवाडी गोदाममा पुर्‍याएर विक्री गर्ने गरेको पाइएको छ ।

विराटनगर–६ सरैचियास्थित विजय सहनीको कवाडी गोदाममा चोरीका सफारी फेला परेपछि यस्तो तथ्य बाहिर आएको हो ।

मोरङ प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा आज दिउँसो उक्त गोदाममा छापा मारिएको थियो । प्रहरीले खानतलासी गर्दा गोदामभित्र प्लाष्टिकजन्य कवाडी सामानले खप्ट्याएर लुकाइराखेको अवस्थामा दुई थान सिटी सफारीका पार्टपूर्जाहरू फेला पारेको छ ।

मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी लिलाराज लामिछानेका अनुसार चोरीका सफारी खरिद गरेर त्यसका पाटपूर्जा अलग्याई लुकाएर राखिएको अवस्थामा बरामद गरिएको हो । ‘‘विराटनगर र आसपासका क्षेत्रबाट चोरी भएका सिटी सफारीहरू यो गोदाममा खरिद गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’’ डिएसपी लामिछानेले भने, ‘‘अहिले हामी अनुसन्धानकै क्रममा छौं, थप विवरण खुल्न बाँकी छ ।’’

गोदाम सञ्चालक सहनीले कति रकममा चोरीका सफारी खरिद गर्थे भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ । प्रहरी टोली पुगेको थाहा पाउनेबित्तिकै सञ्चालक सहनी भने फरार भएका छन् ।

विराटनगरसहित मोरङका विभिन्न स्थानमा पछिल्लो समय सिटी सफारी चोरी हुने क्रम बढेपछि प्रहरीले निगरानी तीव्र पारेको थियो । फरार सहनीको खोजी भइरहेको र बरामद गरिएका पार्टपूर्जाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर