पूर्वाञ्चल खबर
विराटनगर /विराटनगर स्तिथ जैन भवन मा यही चैत्र २७ गते शुक्रवारका दिन Volume Up with Mt. 8848 (3rd Edition) ले सांगीतिक कार्यक्रम गर्ने भएको छ !

कलेजकी निर्देशक पिंकी शर्माका अनुसार बि.बि.ए. सातौ सेमेस्टरमा पढ़नु पर्ने EVENT MANAGEMENT विषयको प्रयोगात्मक अभ्यास अन्तर्गत सो कार्यक्रम हुन लागेको र सो कार्यक्रम बाट बिद्यार्थीको आन्तरिक मूल्यांकन समेत हुने भएकोले सो कार्यक्रमबाट बिधार्थीले प्रयोगात्मक ज्ञान समेत हासिल गर्ने छन !
कार्यक्रमको मुख्य आकर्षणको रूपमा Mt.8848 Band ले सोही सांगीतिक कार्यक्रम मार्फ़त एउटा नया गीत समेत Release गर्नेछ !उक्त कार्यक्रममा The Shubham Band तथा Pintu Sanyal समेतको प्रस्तुति हुनेछ ! कार्यक्रमको आकर्षणको रूपमा बिभिन्न थरीका Food stalls समेत रहने छ !
कलेजकी निर्देशक शर्माका अनुसार यो कार्यक्रमको मुख्य उदेश्य विधार्थीलाई पढ़ाई संग सम्बंधित प्रयोगात्मक अभ्यास गराउदै विद्यार्थीलाई समाज प्रतिको उत्तरदायित्व निर्वाह गर्न अभिप्रेरित गर्ने उद्देश्यका साथ सो कार्यक्रम हुने भएको तथा उक्त कार्यक्रमबाट हुने संपूर्ण मुनाफा नेपाल बिजनेस कलेज बि.बि.ए. सातौ सेमेस्टरमा अध्ययनरत बिद्यार्थीहरू द्वारा बिराटेश्वर बृद्ध आश्रममा च्यारेटी गरीने जानकारी निर्देशक शर्माले दीईन !
नेपाल बिजनेस कलेजको आयोजनामा हुने उक्त Volume Up with 8848 (3rd Edition) कार्यक्रमको मुख्य Diamond Sponsor को रुपमा Kabs Jackpot , A product of Quality Snacks रहेको छ भने Energy Partner को रूपमा XTREME ENERGY DRINK रहेको छ, त्यसै गरी Eticket partner को रूपमा Esewa राहेको छ !
उक्त कार्यक्रम ३ बजे देखि शुरू हुनेछ ! नेपाल बिजनेस कलेजको आयोजनामा हुन लागेको यो सांगीतिक कार्यक्रम तेश्रो संस्करण हो ! यस अघि नेपाल बिजनेस कलेजको आयोजनामा दुई वोटा सांगीतिक कार्यक्रम भाब्यताका साथ सम्पन्न भई सकेका छन !
समुपर्ण आय बर्गका ब्याक्तिको पहुँचलाई लक्षित गर्ने गरी सो सांगीतिक कार्यक्रमको टिकट मूल्य रू १०० मात्र तोकिएको आयोजक बिद्यार्थीहरूले जानकारी दिए !
सन् २०१४ मा स्थापना भएको नेपाल बिजनेस कलेज, बिराटनगरमा हाल MBA, BBA,BIT र BHM कार्यक्रम संचालनमा रहेका छन !