RUMPUM
animated ellipse animated ellipse

पथरीमा आगलागी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७४, सोमबार २१:४२
3
Shares
फाइल तस्वीर
पथरी, ४ वैशाख / मोरङको पथरीशनिश्चरे–७ स्थित किरात चोकमा आगलागी हुँदा करिव ३ लाख बराबरको धनमाल नष्ट भएको छ । किरात चोकका हिमालध्वज राईको घरमा आज दिउँसो तीन बजेतिर आगो सल्कीएको हो ।
आगलागीबाट घरभित्रको अन्नपात, लत्ताकपडा सहित गहना समेत जलेर नष्ट भएको छ । फुसको छानो भएको घरमा हिमालध्वज की बुहारी रमिला राईले मदिरा सेवन गरी आगो लगाएको प्रत्यक्ष दर्सीलाई उधृत गर्दै प्रहरीले जनाएको छ । रमिलाले श्रीमान् रामबहादुरसँग झगडा गरी रिसको झोंकमा आगो सल्काएको प्रहरीको भनाई छ ।
आगो एकघण्टापछि स्थानीयवासी, शसस्त्र प्रहरी, जनपथ प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । आगो लगाउने रमिलालाई प्रहरीले पक्राउ गरेको छ।  उनलाई आगो लगाउने कसुर वापत कारवाही हुने इलाका प्रहरी कार्यालय पथरीका प्रम’ख इन्सपेक्टर राजन कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर