पूर्वाञ्चल खबर
अरु पार्टीले उम्मेदवारी नदिएपछि रास्वपाका अर्याल सभामुखमा निर्विरोध चयन भएका हुन् । सभामुखको लागि आज अपरान्ह २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।
अर्यालले भने विहानै सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो ।
संसदमा रास्वपाको एकल बहुमत रहेको हुँदा अर्याल सभामुख बन्ने निश्चित थियो ।अर्याल सभामुखमा निर्वाचित भएको घोषणा आइतबारको प्रतिनिधिसभा बैठकमा हुनेछ ।