AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कक्षा १ उत्तिर्ण विद्यार्थीलाई विराटनगरको एभरेष्ट स्कुलद्वारा दिक्षित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०८२, बुधबार ०७:३७
81
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलबाट कक्षा १ उत्तिर्ण विद्यार्थीलाई मंगलबार दिक्षित गरिएको छ ।

विराटनगरकै कञ्चनजंगा बैंक्वेटमा आयोजित दिक्षान्त समारोहमा विद्यार्थीहरुलाई प्रिन्सिपल टिकाराम पुरी, भाईस प्रिन्सिपलद्वय टीएन भण्डारी र कुन्दन पुरीले प्रमाणपत्र प्रदान गर्दै दिक्षित गराएका हुन् । दिक्षित विद्यार्थीहरुलाई प्राथमिक तह हुँदै उच्च शिक्षा सफलताको कामना गरिएको छ ।

कार्यक्रममा कक्षा १ का विद्यार्थीहरु आरोन घिमिरे, कास्भी झा, शब्दित दाहाल, आरोही यादवले आ–आफ्नो सेक्सनको प्रतिनिधित्व गर्दै विद्यालय, तथा शिक्षक शिक्षिकालाई धन्यवाद ज्ञापन गरे। यस्तै विद्यालयका प्रिन्सिपल पुरीले एभरेष्ट स्कुलका हरेक विद्यार्थी सबै क्षेत्रमा अब्बल हुनुपर्ने मान्यता राखिएको भन्दै त्यसका लागि विद्यालयका तर्फबाट अधिकतम प्रयत्न गरिएको बताए। उनले एभरेष्टले विश्वस्तरीय शिक्षा दिनको लागि सोहि अनुसारका विभिन्न संस्थाहरुसँगको सहकार्य गरेको स्मरण गराउँदै एभरेष्टका विद्यार्थी विश्वसँग प्रतिष्पर्धा गर्न सक्ने ब्यक्ति बन्ने विश्वास ब्यक्त गरे। उनले भने,‘हामीले जति प्रयत्न गरेका छौं, अभिभावकले त्यहि विश्वास र वातावरण दिनुभएको छ । हाम्रा विद्यार्थी विश्वस्तरीय शिक्षाका साथ अघि बढीरहेका छन् । ’ प्रिन्सिपल पुरीले मन्टेश्वरी तह मात्र हैन हाम्रा हरेक विद्यार्थीले उच्च शिक्षा हासिल गर्दा सम्म पछि फर्किनुपर्ने छैन ।

विद्यालयकी मन्टेश्वरी तह इन्चार्ज आरती घिमिरेले गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रशासनले दिएको सुविधा, अभिभावकले दिएको विश्वास र हरेक शिक्षक शिक्षिकाले गरेको मेहनत अनुकरणीय रहेको बताइन्। यसैगरि अभिभावकका तर्फबाट बोल्दै पवित्रा बाँस्तोलाले एभरेष्ट स्कुलले दिएको शैक्षिक वातावरण अत्यन्तै राम्रो भएको भन्दै विद्यालयले गरेका नविन सफल अभ्यासहरु देख्दा प्रशन्न भएको बताइन् । उनले एभरेष्ट स्कुलका सबै पक्ष सकारात्मक रहेको भन्दै छोराछोरीको उज्ज्वल भविष्यकै लागि एभरेष्ट रोजेको र सोही अनुसार विद्यालयको वातावरण पाउँदा हर्ष लाग्ने बताइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर