पूर्वाञ्चल खबर
सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पूर्वमन्त्री खड्का पक्राउ परेको परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसको पुष्टि गरेको छ । लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका खड्काको जेनजी आन्दोलनका बेला निवासमा आगजनी हुँदा पैसा डढेको भन्दै एउटा भिडियो भाइरल भएको थियो । त्यसमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ ।
उनी यसअघि संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ ।