AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पार्टी अध्यक्ष ओली पक्राउको विरोधमा विराटनगरमा एमालेको प्रदर्शन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०८२, शनिबार १८:३१
135
Shares
विराटनगर / नेकपा (एमालें) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा शनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा एमालेका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्।

सरकारले राजनीतिक प्रतिशोधका आधारमा अध्यक्ष ओलीलाई पक्राउ गरेको भन्दै उनीहरू सडकमा उत्रिएका हुन्।

विराटनगरको पाँचालीस्थित एमाले पार्टी कार्यालयबाट निस्किएको विरोध जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरी ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्यहरू पर्शुराम बस्नेत र जीवन घिमिरे तथा मोरङ जिल्ला उपाध्यक्ष सागर थापाले सरकारको कदमको आलोचना गरे। उनीहरूले अध्यक्ष ओलीलाई तत्काल र बिनासर्त रिहा गर्न माग गर्दै सरकारले ‘प्रतिशोधपूर्ण’ राजनीति गरिरहेको आरोप लगाए।

सम्बोधनका क्रममा नेताहरूले भने, ‘सरकारले कानुनी प्रक्रियाको आवरणमा एमाले सिध्याउने खेल खेलिरहेको छ। यदि हाम्रा अध्यक्षलाई तत्काल रिहा नगरिए देशभर आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर