पूर्वाञ्चल खबर
राजनीतिक प्रतिशोधका आधारमा अध्यक्ष ओलीलाई पक्राउ गरेको भन्दै एमालेले विरोध जनाएको हो ।
एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएकाले कानुनी लडाई लड्ने बताएका हुन् । उनका अनुसार पार्टीले छलफलका लागि आकस्मिक बैठक पनि बोलाएको छ ।
‘कुनै कानुनी आधार छैन । प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको छ, हामी यसको कानुनी लगायतका लडाई लड्छौ’, सचिव बस्नेतले भनेकाछन्, ‘पार्टीमा थप छलफल पनि गर्छौ ।’
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पूर्व प्रधानमन्त्री ओलीलाई आज विहान प्रहरीले भक्तपुरको गुण्डुबाट पक्राउ गरेको हो ।
आज विहान पक्राउ पुर्जी लिएर प्रहरी ओली निवास पुगेपछि ओलीले वरिष्ठ कानुनविदहरुसँग छलफल गरेका थिए । पूर्वमहान्यायाधिवक्ता समेत रहेका रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँगको परामर्शमा ओलीले आफूलाई कानुनी आधारविना नै पक्राउ गर्न लागिएको बताएका थिए ।