AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०८२, शनिबार ०८:३०
54
Shares
काठमाण्डौ / नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज विहान ओलीको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो ।अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो ।

जेनजी आन्दोलनको बारेमा छानवीन गर्न गठन भएको आयोगले कारबाहीको सिफारिस गरेपछि उनी पक्राउ परेका हुन् । आजै नै पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका थिए ।

प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उनी पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले पक्राउ परेको पुष्टि गरे ।

उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर