AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपालकै अग्लो २१० फिट उचाइको राष्ट्रिय झण्डा इनरुवामा फहराइयो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० चैत्र २०८२, मंगलवार १७:०५
63
Shares
इनरुवा / नेपालकै अग्लो राष्ट्रिय झण्डा इनरुवामा  फहराइएको छ ।

सुनसरीको इनरुवा–७ स्थित निर्माणाधीन ग्रिन सिटी पार्कभित्र २१० फिट उचाइको झण्डा फहराइएपछि उक्त क्षेत्रले नयाँ पर्यटकीय पहिचान पाउने अपेक्षा गरिएको छ।

ग्रिन सिटी परियोजना अन्तर्गत स्थापना गरिएको उक्त झण्डा विशेष धार्मिक कार्यक्रमकाबीच झण्डोत्तोलन गरिएको हो। पाथीभरा देवी मन्दिर निर्माणका लागि सञ्चालन गरिएको पुराण कार्यक्रमकै अवसर पारेर पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी अग्लो उचाईमा राखिएको नेपालको राष्ट्रिय झण्डो झण्डोत्तोलन गरिएको थियो ।

परियोजना प्रवर्द्धक डीएन ग्रुपका अनुसार, अग्लो राष्ट्रिय झण्डासँगै निर्माणाधीन पाथीभरा मन्दिर तथा अन्य संरचना पूर्ण भएपछि इनरुवालाई नयाँ धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

स्थानीय तहका सरोकारवालाहरूले समेत यस्तो पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, रोजगारी सिर्जना बढाउने र समग्र क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर