पूर्वाञ्चल खबर
विराटनगर / मोरङको जहदामा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतिय नागरिकको मृत्यु भएको छ ।
जहदा गाउँपालिका–१ भुटाहामा आज साँझ ६ बजेर २० मिनेटतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मृत्युु हुनेमा मोटरसाइकल चालक भारत बिहारका ३५ वर्षीय श्रवण राजवंशीको मृत्यु भएको जानकारी उनले दिए ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार बुधनगरबाट जहदातर्फ जाँदै गरेको बीआर ३८ के २८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मोटरसाइकल कल्भर्टबाट करिब २ मिटर तल खसेको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक भारतीय नागरिक राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा पठाएको छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।