AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले मोरङ ६ ले गर्ने अन्तिम चुनावी सभालाई आज योगेश भट्टराईले संवोधन गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ फाल्गुन २०८२, सोमबार ०७:०५
108
Shares

विराटनगर / नेकपा एमाले मोरङ क्षेत्र नं. ६ ले आज अन्तिम चुनावी सभा गर्दै छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारले प्रचारप्रचार गर्ने अन्तिम दिन हो । मध्यरातीदेखि मौन अवधि शुरु हुँदैछ ।

विराटनगर महेन्द्र चोकमा अपरान्ह ४ वजे उम्मेदवार विनोद ढकालको अन्तिम चुनावी सभा कार्यक्रम हुने एमाले विराटनगरका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।

क्षेत्र नं. ६ को चुनावी सभालाई एमाले उपमहासचिव योगेश भट्टराई, नेताहरु लालबाबु पण्डितलगायतका नेताहरुले संवोधन गर्ने अध्यक्ष गिरीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर