पूर्वाञ्चल खबर
विराटनगर / महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु सभापति रोहित यादवले एमाले उम्मेदवार विनोद ढकाललाई जिताउन जेनजी यूवालाई आग्रह गरेका छन् ।
निर्वाचनको चुनावी अभियान अन्तर्गत आज क्याम्पस पुगेर नेता ढकालले स्ववियु सभापति यादवलगायतसँग क्याम्पसको अवस्था र सुधार गर्नुपर्ने पक्षमा राय लिए पछि सभापति रोहित यादवले ढकाललाई जिताउन जेनजी यूवालाई आग्रह गरेका हुन् ।स्ववियु सभापति यादवले मोरङ– ६ मा धेरै उम्मेदवार भएपनि यसरी आएर राय लिने उम्मेदवार उहाँ मात्र रहेको भन्दै असल नेतालाई जिताउन सम्पूर्ण जेन्जी साथीहरुसँग आग्रह गरे ।
एमाले उम्मेदवार ढकालले विगतका अधुरा काम पूरा गर्नेदेखि लिएर महेन्द्र मोरङ क्याम्पसको मुहार फेर्न समेत पहलकदमी लिने बताए। उनले युवाहरु माझ आफू सधैं नजिक रहेको बताए । यादव माओवादी निकट विध्यार्थी संंगठनबाट निर्वाचित भएका थिए ।