AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महेन्द्र मोरङका निवर्तमान सचिवसहित दर्जनौं युवा एमालेमा प्रवेशः विनोद ढकाल जिताउ अभियानमा लाग्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ फाल्गुन २०८२, शुक्रबार १८:३०
1.73k
Shares
विराटनगर / महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका निवर्तमान सचिव सनिम ठकुरीसहितका दर्जनौं नेता आज नेकपा एमालेमा प्रवेश गरेका छन् । े

अनेरास्ववियुले आयोजना गरेको एक कार्यक्रमका बिच युवाहरु एमाले प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई मोरङ– ६ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार विनोद ढकाल तथा नेकपा एमालेका नेता लालबाबु पण्डितलगायतले टिका तथा ब्याच लगाएर स्वागत गरे । पार्टी प्रवेशको नेतृत्व लिएका सनिम ठकुरीले क्षेत्रको विकास र युवा विद्यार्थीको भावना बुझ्ने नेता विनोद ढकाल नै भएको बताए। उनले एमाले समाजका सबै वर्गका जनताको हित गर्ने पार्टी रहेको समेत बर्ताए।

नव प्रवेशीलाई स्वागत गर्दै उम्मेदवार ढकालले आफूले अघि सारेका प्रतिवद्धतालाई घर घर सम्म पुर्‍याएर नेकपा एमालेले खेलेको भूमिका र खेल्ने भूमिकाको विषयमा अवगत गराउन आग्रह गरे। उनले विगतका अधुरा काम पूरा गर्नेदेखि लिएर महेन्द्र मोरङ क्याम्पसको मुहार फेर्न समेत पहलकदमी लिने बताए । उनले युवाहरु माझ आफू सधैं नजिक रहेको भन्दै हरेक दुःसुखमा आफूलाई सम्झन समेत आग्रह गरे ।

एमाले नेता लालबाबु पण्डितले युवा पुस्ता बरालिने नभई लगनशिल हुनुपर्ने बताए । सधैंभरि बरालिने ब्यक्ति कहिल्यै सफल नहुने भन्दै नेकपा एमालेसँग जोडिएका यूवा लगनशिल हुनुपर्ने बताए । महेन्द्र मोरङ क्याम्पस पुग्नुभएका नेता ढकालले स्ववियु सभापति रोहित यादवलगायतसँग क्याम्पसको अवस्था र सुधार गर्नुपर्ने पक्षमा राय लिए । त्यस क्रममा स्ववियु सभापति यादवले मोरङ– ६ मा धेरै उम्मेदवार भएपनि यसरी आएर राय लिने उम्मेदवार उहाँ मात्र रहेको भन्दै असल नेतालाई जिताउन सम्पूर्ण जेन्जी साथीहरुसँग आग्रह समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर