पूर्वाञ्चल खबर
आज झापा ५ को चुनावी वाचापत्र सार्वजनिक गर्दै बालेनले पूर्वाधारतर्फ दमकमा एमाले अध्यक्ष ओलीले बनाएको भ्यूटावर समेत सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘दमकको सभागृह र भ्यूटावर लगायत योजनाहरू उच्चतम नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याइनेछ,’ वाचापत्रमा भनिएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको योजनामा डेढ अर्ब बढि लागतमा बनेको भ्युटावरको उपयोगिता नभएको भन्दै आलोचना हुने गरेको छ ।
दमक ३ मा निर्माण भएको १८ तले भवनलाई एमालेले विजनेश टावर भन्दै आएको छ । यसअघि स्थानीयको अवलोकनको लागि खुल्ला गरिएको टावरमा जेनजी आन्दोलनको आडमा भदौ २४ गते तोडफोड, आगजनी र लुटपाट भएको थियो । त्यसपछि सर्वसाधारणको लागि प्रवेश बन्द गरिएको छ । टावरलाई यसअघि रास्वपाका नेताहरुले भत्काउनुपर्ने अभिव्यक्तिसमेत दिएका थिए । पार्टीका उम्मेदवार बालेनले भने सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।