AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ–५ मा जसपा उम्मेदवार यादवको घरदैलो सुरु, बन्द उद्योग सञ्चालन गर्ने प्रतिबद्धता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ फाल्गुन २०८२, मंगलवार १७:२५
189
Shares
विराटनगर / मोरङ क्षेत्र नम्बर ५ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजकुमार यादवले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेका छन्।

आज विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी उनले आफ्नो योजना र एजेन्डाहरू सार्वजनिक गरेका हुन्।

उम्मेदवार यादवले आज विराटनगर–१४, जतुवास्थित प्रसिद्ध रामजानकी मन्दिरमा विशेष पूजापाठ गरी आफ्नो चुनावी प्रचारप्रसार र घरदैलो अभियानको औपचारिक श्रीगणेश गरेका थिए। मन्दिरबाट सुरु भएको अभियानका क्रममा उनले स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आशीर्वाद लिएका थिए।

पत्रकार सम्मेलनमा बोल्दै यादवले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण र शिक्षाको गुणस्तर वृद्धिलाई मुख्य प्राथमिकतामा राखेको बताए। उनले सडक, स्वास्थ्य, खानेपानी र सिँचाइ जस्ता आधारभूत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने दृढता व्यक्त गरे।

बन्द उद्योग सञ्चालन र कृषि बजार
यादवले आफ्नो प्रतिबद्धता पत्रमा युवाहरूलाई स्वदेशमै रोजगारी प्रदान गर्न विराटनगरको रानी क्षेत्रमा रहेका बन्द उद्योगहरूलाई पुनः सञ्चालन गर्ने वातावरण मिलाउने र नयाँ उद्योग स्थापनाका लागि पहल गर्ने उल्लेख गरेका छन्।

यस्तै, रंगेली, धनपालथान र जहदा क्षेत्रका किसानहरूले उत्पादन गरेका उपजको उचित मूल्य सुनिश्चित गर्न प्रभावकारी बजार व्यवस्थापन र सहकारी सुदृढीकरणमा जोड दिने उनको योजना छ।

पत्रकार सम्मेलनपश्चात् यादव समर्थक र पार्टी कार्यकर्ताहरूको ठुलो समूहसहित घरदैलो कार्यक्रममा निस्किएका थिए। जतुवाबाट सुरु भएको घरदैलोका क्रममा उनले मतदाताहरूसँग संवाद गर्दै क्षेत्रको विकासका लागि आफू इमानदार र पारदर्शी नेतृत्व दिन तयार रहेको बताए। उनले मतदाताहरूको विश्वास जितेर यस क्षेत्रको मुहार फेर्ने प्रतिबद्धता समेत दोहोर्‍याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर