AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोराबाटै एमाले उम्मेदवार ढकाल भने, ‘म यता भए पनि मन तपाईँहरुसँगै छ’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०८२, शनिबार १८:३५
162
Shares
विराटनगर / नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाताकोसँगै रहेको बताएका छन् ।

निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले आज भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा रहेको र मतदातासँग आउन नपाए पनि नेकपा एमालेका कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बताएका हुन् ।

‘म मतदाता बीचमै छु, र मन मतदातासँगै छ,’ उनले भने, ‘अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरु लिने नै छु ।’

नेता ढकालले आफूले ६ नम्बर क्षेत्रका समस्याहरू बुझेको र ती सबै समस्यालाई समाधान गर्ने तर्फ क्रियाशील रहने बताए । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला निर्वाचनमा उम्मेदवार छन् । उनलाई पराजित गर्ने गरी विनोद ढकाल मैदानमा उत्रिएका टन् । एमालेभित्र आफ्ना आवाजहरुलाई बुलन्द पार्ने नेताको रुपमा चिनिएका ढकाल स्थानीय कार्यकर्ता र जनताबीच लोकप्रिय नेताका रुपमा परिचित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर