पूर्वाञ्चल खबर
आगामी फागुन २१ गते हुने निर्वाचन अन्तरगत पहिलो चरणको घरदैलो कार्यक्रमसँगै मतदाताका सुझावहरु पनि संकलन गरिएको उनले बताए। निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा भित्रै प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए ।
प्रेस चौतारी मोरङले आज विराटनगरमा उम्मेदवारसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उम्मेदवार घिमिरेले मतदाताहरुले मुख्यगरि सडकको स्तरोन्नती, डुवानको समस्या, स्वास्थ्य उपचार, कृषकका सवालहरुलाई प्राथमिकता दिएको बताए । पटक–पटक जितेर गएकाहरुले काम नगरेको भन्दै गुनासो गर्ने मतदाताहरुको ठुलो जमात आफुले पाएको उनले बताए।
मतदाताका सुझाव र मोरङ क्षेत्र नंं ४ को समग्र विकासलाई केन्द्रीत गरेर प्रतिबद्धता पत्र सार्वजनिक गरिने उनले बताए। पहिलो चरणको घरदैलो कार्यक्रममा पार्टी सदस्यहरुसँग पुग्ने काम गरिएको उनले बताए। घिमिरेले भने,‘ पार्टी सदस्य मार्फत भेटघाट गर्दै पार्टीलाई चलायमान बनाईएको छ ।’ फागुन ४ गतेदेखि टोलसभा, कोणसभा, चुनावीसभाहरु सञ्चालन गरिने उनले बताए।
प्रतिनिसभा सदस्यमा मनोनयन दर्तापछिको घरदैलो कार्यक्रममा अभूतपूर्व सहभागिता पाएको घिमिरेले बताए। निर्वाचन आयोगको कार्यतालिका अनुसारको चुनाव प्रचारप्रसारको समय पर्खेर मतदाताहरु बसेको उनले बताए। उनले भने,‘ फागुन ४ गतेपछि देखि मोरङ ४ मा एमालेको जनहलर ब्यापक हुने छ ।’
नेता घिमिरे कोशी प्रदेश सरकारको संस्थापक सामाजिक विकास मन्त्री समेत हुन्। उनले करिव ३ वर्षमा शिक्षा, स्वास्थ्य, खेलकुद, जेष्ठ नागरिक, महिला, बालिका, अपाङ्गता लगायतको क्षेत्रमा उल्लेखनिय कार्य गरेका थिए ।