विराटनगर/ बिगत ४२ वर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सफल, बिराटनगर – २ स्थित बुढानिलकण्ठ अंगेजी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८३ का लागी कप्तान निर्वातिच भएका छन् ।
कक्षा – ९ का कप्तान दावेदारहरूबाट भोट गरी स्कुल कप्तान र हाउस कप्तान छनौट गरिएको स्कलले जनाएको छ । छनौट भएका विद्यार्थीहरु लाई आ–आफ्नो हाउसका शिक्षकहरुले सम्वन्धित हाउसको ब्यानर तथा पूर्व हाउस क्याप्टेनहरुले हाउसको झण्डा प्रदान गरेका थिए ।
विद्यालयका प्राचार्य मणीराज भट्टराई र विद्यालयका अध्यक्ष एवम् आइसिसि प्यानल एम्पायर बुद्धिबहादुर प्रधानले छनौट भएका कप्तानहरुलाई खादा ओडाएर सम्मान गर्दै ब्याज, र पोशाक वितरण गरी जिम्मेवारीको सपथ ग्रहण गराएका थिए ।
प्राचार्यले सपथ ग्रहण गराउने व्रmममा छनौट भएका कप्तान विद्यार्थीहरुले विद्यालयलाई उचाइमा पु¥याउन आफुहरु मिलेर मान्यजनको साथ लिई जुनसुकै काम गर्न पनि पछि नहट्ने बाचा गरेका थिए ।