पूर्वाञ्चल खबर
विराटनगरमा प्रेस चौतारी मोरङले गरेको आज पत्रकार सम्मेलनमा ढकालले सो कुरा बताएका हुन् । ढकालले भने, ‘बालेनजीलाई झापा लगेर केपी ओलीसँग लडाउनु कतै उनकै दल वा घेराभित्रको षड्यन्त्र त होइन रु उनलाई प्रधानमन्त्री र दलको नेता बनाउनुपर्ने झन्झटबाट अहिले नै मुक्त गरौँ भन्ने मनसायले त्यहाँ पठाएको देखिन्छ। केपी ओलीसँग लडाउनु भनेको उनलाई राजनीतिक रूपमा समाप्त पार्नु हो।’ ढकालले झापा ५ को चुनावी तापक्रम अब विस्तारै घट्दै जाने र अन्ततः बालेनको इमोसन माथिको राजनीति परास्त हुने दाबी गरे।
सचिव ढकालले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने समेत दाबी गरेका छन्। नयाँ शक्तिहरूको उदयलाई अस्थायी लहरको संज्ञा दिँदै एमालेको विजययात्रा नरोकिने जिकिर गरे।
ढकालले रास्वपा र अन्य नयाँ शक्तिहरूको चर्चालाई खहरेको बाढी सँग तुलना गरे। उनले सामाजिक सञ्जाल र मिडियामा देखिएको लहर अस्थायी भएको र यसले स्थापित दलीय व्यवस्थालाई विस्थापित गर्न नसक्ने बताए। ‘दुई दिन बाढी आउँदा सधैँ यस्तै हुन्छ कि जस्तो लाग्छ, तर हरेक खहरे खोला जति ठुलो भएर आए पनि त्यसको स्थिरता हुँदैन,’ ढकालले रास्वपाप्रति लक्षित गर्दै भने, ‘यो एउटा फण्डा हो, जो अस्थायी र अस्थिर छ। दलहरू प्रतिको नेपाली जनताको समर्थन र विरासत अहिले पनि बरकरार छ।’
सचिव ढकालले हिजोको घेराबन्दी र विपक्षी मोर्चाको ट्राफिक जाम अहिले खुलेको भन्दै एमाले प्रत्यक्षतर्फ उल्लेख्य सिट जित्दै पहिलो पार्टी बन्ने ठोकुवा गरे। उनले एमालेको लोकप्रियता र सांगठनिक मजबुतीका कारण एकल बहुमतको सरकार बन्ने आधार तयार भएको बताए। सचिव ढकालेले नेकपाका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड० र अध्यक्ष ओली विच भएको फोन सवाद सामान्य कुरा भएको बताए ।