पूर्वाञ्चल खबर
कलेज परिसरमा शुक्रबार सेफ प्रतियोगिता गरेको हो । उक्त प्रतियोगिताको प्रथम सुन्दर हरैचाका सुकुना सेकेण्डरी स्कुल भएको छ भने सुन्दर हरैचाकाकै सिद्धार्थ सेकेण्डरी स्कुल दोस्रो र विराटनगरको सेन्ट जोसेफ सेकेण्डरी स्कुल तेस्रो भएको छ । त्यस्तै उत्कृष्ट प्रदर्शनकर्ता ब्राइट फ्यिूचर सेकेण्डरी स्कुलकी इटुसा लिम्बु घोषित भइन् ।
प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद २५ हजार, १५ हजार र १) हजार ?पैयाँ र ट्रफि हात पारे ।
कलेज प्रमुख भरत सापकोटाका अनुसार मोरङका ११ वटा कलेजबाट ४४ जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रत्येक कलेजबाट चार–चार जना विद्यार्थीहरूको समूहले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको निर्णायकहरूमा मास्टर सेफ विपिन नेपाल र सन्तोष सुवेदी रहेका थिए ।
‘हामीले हस्पिटालिटी क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न र उनीहरूलाई व्यवहारिक अनुभव प्रदान गर्न यो प्रतियोगिता आयोजना गरेका हौं,’ कलेजका प्रमुख सापकोटाले भने । ‘आज विद्यार्थीहरूले देखाएको कौशल र सिर्जनशीलता अत्यन्त प्रभावशाली थियो,’ उनले भने ।
प्रतियोगितामा विद्यार्थीहरूले स्थानीय सामग्रीहरूको प्रयोग गरेर अद्वितीय परिकारहरू तयार गरे । निर्णायक मण्डलले स्वाद, प्रस्तुति, सिर्जनशीलता र समयको प्रभावकारी प्रयोगलाई मूल्याङ्कनको आधार बनाएर उत्कृष्ट विद्यालय छनौट गरिएको निर्णायक सेफ विपिन नेपालले बताए ।