AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्पोर्ट्स मीट सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०८२, बिहीबार ०७:४७
36
Shares
विराटनगर / विराटनगर–८ मा अवस्थित ग्रेडेड इङ्गलिस मिडियम सेकेण्डेरी स्कुलले वार्षिक खेलकुद महोत्सव ‘ग्रेडेड स्पोर्ट्स मीट २०८२’ आज बुधबारदेखि रूपमा सुरु गरेको छ।

माघ १४ र १५ गते गरी दुई दिनसम्म चल्ने यस खेलकुद कुम्भको सुरुवात विराटनगर वडा नं. ७ र ८ का विभिन्न भागमा विद्यार्थीहरूद्वारा निकालिएको प्रभात फेरि र्याली बाट गरिएको थियो। र्यालीपश्चात् विद्यालयको प्राङ्गणमा खेलकुदका औपचारिक प्रतिस्पर्धाहरू सुरु भएका छन्।

यस वर्षको स्पोर्ट्स मीटमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका १ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी रहेको कार्यक्रम संयोजक प्रभात बरालले जानकारी दिए। उनका अनुसार विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि कक्षागत र अन्तर–सदन हाउस गरी दुई विधामा प्रतिस्पर्धाहरू आयोजना गरिएका छन्।

प्रतियोगितामा एथलेटिक्सतर्फ १०० मिटर, २०० मिटर र ४०० मिटर दौड, रिले रेस, स्पुन रेस, म्याथ रेसका साथै सट पुट, जेभ्लिन थ्रो, टग अफ वार, भलिबल, क्रिकेट र फुटबल गरी एक दर्जनभन्दा बढी खेलहरू समावेश गरिएको छ।

स्पोर्ट्स मीटको दोस्रो दिन बिहीबार विभिन्न खेलहरूको फाइनल चरण फिनाले इभेन्टका साथै फुटबल र क्रिकेटका मुख्य प्रतिस्पर्धाहरू हुने आयोजकले जनाएको छ।

विजेता विद्यार्थीहरूको हौसला बढाउन प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले जानकारी दिए। विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन विद्यालयले हरेक वर्ष यस्ता खेलकुद गतिविधि गर्दै आएको प्रधानाध्यापक सुवालको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर