AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जोगबनीमा इन्डो–नेपाल क्रिकेट शुरु, उद्घाटन खेलमा अररिया विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०८२, मंगलवार १८:२९
306
Shares
अररियाविरुद्ध ब्याटिङ गर्दै मिल्सका ब्याटर । तस्वीर : पुष्पराज थपलिया
पुष्पराज थपलिया
विराटनगर / प्रशान्त क्रिकेट क्लव जोगवनीमा अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

आज भएको उद्घाटन खेलमा अररिया क्रिकेट क्लवले विराटनगरको मिल्स क्रिकेट क्लवमाथि संघर्षपूर्ण १ विकेटले जित हात पारेको छ ।

टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ६४ रनको योगफल तयार पारेको थियो । मिल्सका अंकित यादवले ३३ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै ५७ रनको योगदान दिँदाराकेश कामतले २७ रनको योगदान दिए । अररियाका अविशेक मिश्राले २ विकेट लिँदा उत्तम कुमारले पनि २ विकेट लिए ।

१ सय ६५ रनको लक्ष्य पाएको अररियाले १९ दशमलव ३ बलमा ९ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । अररियाका पंकज कुमारले ३४ रन बनाउँदा महमद कैफले २० रन बनाए । मिल्सका श्रवण यादवले ३ विकेट लिँदा सुधिर कामतले २ विकेट लिए ।

फेरवरी ६ तारिखसम्म हुने खेलमा नेपालका ३ र भारतका ७ गरि १० टिम सहभागि रहेका छन् । विजेताले नगर १ लाख भारु र ट्रफि तथा उप–विजेताले नगद ५० हजार भारु र ट्रफि हात पार्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर