AArya
RUMPUM
animated ellipse animated ellipse

भानु, शिक्षा सन्देश, बुद्ध र मेरिल्याण्डलाई हिसान फुटबलमा सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०८२, मंगलवार १७:१७
198
Shares
विराटनगर /उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको हिसान फुटबलमा भानु कलेज, शिक्षा सन्देश कलेज, वद्ध कलेज र मेरिल्याण्ड कलेज विजयी भएका छन् ।

पहिलो खेलमा भानु कलेजले ग्रिनल्याण्ड कलेजलाई पेनाल्टीसुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुवै टिमले गोलरिहित बराबरी खेलेपछि खेलमा निणर्य पेनाल्टीसुट आउटबाट भएको हो । भानुको जितमा नायक बनेका गोलकिपर मिस्टर हसन प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा शिक्षा सन्देश कलेजले शिक्षादिप कलेजलाई २–१ को गोल अन्तरले पारजित गरि क्वाटफाइनलमा प्रवेश गरेको छ। शिक्षा सन्देशकोे जितमा प्लेयर अफ द म्याच योहान लिम्बु र रयिाज श्रेष्ठले १–१ गोल गरे ।

तेस्रो खेलमा बुद्ध कलेजले विराट क्याम्पसलाई ५–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुद्धको जितमा प्लेयर अफ द म्याच जतिनकुमार थारुले ह्याट्रिकसहित ३ गोल र अन्जिस मगरले २ गोल गरे ।

चौथो खेलमा मेरिल्याण्ड कलेजले मोडर्न एरा कलेजलाई २–१ को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मेरिल्याण्डको जितमा अविशेक कामत र निसान राईले १–१ गोल गरे भने मोडर्न एराको अमरलाल सरदारले १ गोल गरे । खेलको प्लेयर अफ द म्याच मेरिल्याण्डका सुवास राजवंशी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर