AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लायनको विराटनगर क्रिकेट लिगमा पहिलो जित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ माघ २०८२, शुक्रबार १७:००
414
Shares
लायन क्रिकेट एकेडेमिका १० वर्षिय बलर कृतार्थ बस्नेत डाइनामिकका खेलाडीविरुद्ध बलिङ गर्दै । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विराटनगर क्रिकेट लिगको अन्तिम खेलमा लायन क्रिकेट एकेडेमि विजयी हुँदै लिगमा पहिलो जित हात पारेको छ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको आज भएको समुह वि को अन्तिम लिग खेलमा लायनले डाइनामिक क्रिकेट एकेडमिलाई ७ विकेटले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको हो ।

टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रनको योगफल तयार पारेको थियो । डाइनामिककालागि सागर मोचीले ३५ रन जोड्दा रितेश माझीले ३० रन, विवेक झाले २४ रन र रोशन कामत १२ रन जोडे । लायनका सुवास मण्डल, सन्दिप ढकाल, गौरभ कटवाल र यथार्थ बचन यादवले १–१ विकेट लिए ।

जवाफमा १ सय २२ रनको लक्ष्य पाएको लायनले १५ दशमलव ३ बलमा ३ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । लायनका निरज ठाकुरले ४२ रन जोड्दा सकिव हकले ३१ रन र रुद्रप्रताप साहले अविजित १२ रनको योगदान दिए । डाइनामिकका सुवास राँय र एसएस झाले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच लायनका सकिव हक घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर