AArya
RUMPUM
animated ellipse animated ellipse

विनोद ढकालले एमालेबाट मोरङ ६ बाट गरे उम्मेदवारी दर्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०८२, मंगलवार १४:५८
81
Shares
विराटनगर /नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

ढकालले आज दिउँसो साढे १ बजे विराटनगरको देवकोटा चोकस्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ताका क्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मोरङको राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिने ढकालको उम्मेदवारीसँगै यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ। मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले यस क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको र जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर