AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निर्वाचन व्यवस्थित एंव मार्यादित वनाउने सवै राजनिति दलले गरे प्रतिवद्धता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०८२, आईतवार १६:२८
18
Shares
विराटनगर / फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थित एंव मार्यादित वनाउने उदेश्यले विराटनगरमा आज सर्वदलिय एंव सर्वपक्षिय वैठक आयोजना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले आयोजना गरेको सो वैठकमा मोरङ जिल्लका सवै राजनितिकदलका प्रमुख , ६ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत तथा निर्वाचन कार्यालय तथा जिल्ला स्थित सुरक्षा प्रमुख सहित सरोकारवालको सहभागिता थियो ।

वैठकमा माघ ६ गते हुन लागेको मनोनयन दर्ता प्रक्रिया, निर्वाचन आचार संहिता, निर्वाचन निर्देशिका तथा राजनितिदलले मनोनयन दर्तागर्ने समयका विषयमा छलफल भएको थियो ।

सो अवसरमा वोल्नुहुदै मुख्य निर्वाचन अधिकृत भिष्मराज प्रसाईले विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सफल वनाउने दायित्व सवै राजनितिकदलको भएको वताए ।

सामाजिक सन्जलामा आउने निर्वाचन सम्वन्धि गलत प्रचार प्रसारले निर्वाचनमा असरपर्ने भन्दै त्यसतर्फ राजनितिकदलहरु लाई सजग र सचेत हुन उनले आग्रह गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले फागुन–२१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन शान्तीपुर्ण एंव भयरहित वातवारणमा सम्पन्न गर्नेगरि सुरक्षाको सवै प्रवन्ध मिलाइसकेकाले निर्वाद रुपमाले निर्वाचनमा सहभागि हुन राजनितिक दललाई आग्रह गरे।

निर्वाचन कार्यालय मोरङका प्रमुख चोलाराज दंगालले निर्वाचनको तयारीका विषयमा जानकारी गराए।

वैठकमा राजनितिदलका प्रतिनिधिहरुले निर्वाचनका लागि भइरहेको तयारी तथा शान्ती सुरक्षा तथा निर्वाचन सम्वन्धि आचार संहिता कडाई साथ पालना हुनुपर्नेमा जोड दिए । उनीहरुले निर्वाचन सफल वनाउन आफनो दल प्रतिवद्ध रहेको वताए ।

प्रतिनिधिसभा निर्वाचनका लागि मोरङको ६ वटा निर्वाचन क्षेत्रमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदानकेन्द्र निर्धारण गरिएको छ ।

मोरङमा ७ लाख ८३ हजार ५० मतदाता रहेका छन । त्यसमध्ये पुरुष ३ लाख ९९ हजार ६ सय ८६ र महिला ३ लाख ८३ हजार ३ सय ५७ तथा अन्यमा ७ जना रहेको निार्वाच कार्यालय मोरङका प्रमुख दगांलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर