AArya
RUMPUM
animated ellipse animated ellipse

सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ माघ २०८२, शनिबार २०:३१
144
Shares
विराटनगर/कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् ।

मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा आज आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण सम्मान तथा वृहत् चलचित्रकर्मी भेलालाई संवोधन गर्दै मन्त्री पराजुलीले यस्तो बताएका हुन् ।

मन्त्री पराजुलीले कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारलाई कलाकारहरूले सिनेमा र अन्य कलामार्फत प्रचार गर्दा पर्यटन प्रवद्र्धनमा योगदानपुग्ने बताए । कलाकारका माध्यमबाट जाने सन्देशबाट पनि प्रदेशको आर्थिक तथा सांस्कृतिक पहिचान सुदृढ हुने विश्वास पनि व्यक्त गरे । उनले कोशी प्रदेशमा छायांकन हुने चलचित्रहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्ने बताए ।

मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको चलचित्र सुटिङ भवन समेत बन्न्ने कुराबाट आफु खुशी भएको भन्दै मन्त्री पराजुलीले कलाक्षेत्रको उन्नयनमा जुट्न कलाकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी तथा नायक शिव श्रेष्ठ, बरिष्ठ चलचित्रकर्मी तथा निर्देशक रमेश बुढाथोकी,परान फिल्मका लेखक तथा निर्देशक दिपक आचार्य लगायतलाई सम्मान तथा पूर्व क्षेत्रका १ सय भन्दा बढी कलाकारलाई परिचयपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर