AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

किड्स भिलेज स्कुलको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ पुष २०८२, शनिबार १९:२९
1.1k
Shares
विराटनगर / विराटनगरस्थित किड्स भिलेज स्कुलले आफ्नो १२ औं वार्षिकोत्सव विभिन्न उत्साहजनक कार्यक्रमका साथ मनाएको छ ।

विराटनगरको आरोहण गुरुकुलमा आयोजित एक विशेष समारोहका बीच विद्यालयले आज वार्षिकोत्सव सम्पन्न गरेको हो ।

विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित उक्त वार्षिकोत्सव कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा बिहानदेखि दिउँसो २ बजेसम्म प्ले(ग्रुपदेखि युकेजीसम्मका साना बालबालिकाहरूले विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए । उनीहरूको उत्साहजनक प्रस्तुतिले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध पारेको थियो ।

त्यसैगरी, दोस्रो चरणमा दिउँसो २ बजेदेखि साँझसम्म कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरूले आफ्नो साङ्गीतिक तथा सांस्कृतिक कला प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूले गीत र नृत्यमार्फत सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । मन्त्री पराजुलीले भने, ‘अहिलेको समयमा केवल किताबी ज्ञान मात्र पर्याप्त छैन, विद्यालयले संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीलाई असल नागरिक बनाउनुपर्छ ।’

विद्यालयका प्रिन्सिपल विजय दाहालले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको बताए । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा लुकेको प्रतिभा उजागर गर्न र उनीहरूको आत्मविश्वास बढाउन ठूलो भूमिका खेल्ने उनको भनाइ थियो ।

विद्यालयका निर्देशक पंकज जैनले सञ्चालन गरेको उक्त कार्यक्रममा ठूलो संख्यामा अभिभावक, शिक्षाप्रेमी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर