पूर्वाञ्चल खबर
गुणस्तरीय शिक्षाका कारण विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको यस विद्यालयले शनिबार बिहान एक विशेष समारोहका बीच कक्षा नर्सरीदेखि १० सम्मको नतिजा सार्वजनिक गरेको हो।
नतिजा प्रकाशनसँगै प्रत्येक कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसा–पत्र वितरण गरिएको छ। पुरस्कार वितरण गर्दै विद्यालयका प्रिन्सिपल विजय डाँगीले विद्यार्थीहरूको शैक्षिक प्रगतिको प्रशंसा गरे ।
वि.सं. २०४८ सालमा स्थापना भएको यस विद्यालयमा हाल करिब ६ सय विद्यार्थी अध्ययनरत छन्। अनुभवी शिक्षासेवी सी.एम. श्रेष्ठले विद्यालयको नेतृत्व सम्हालेपछि यसको शैक्षिक गुणस्तर र भौतिक संरचनामा व्यापक सुधार गरिएको छ। विद्यालयले पछिल्लो समय अत्याधुनिक ‘डीएसटीआई’ पद्धतिबाट पठनपाठन गराउँदै आएको छ, जसले विद्यार्थीहरूको सिर्जनशीलता र प्रयोगात्मक सिकाइमा जोड दिने गर्दछ।
विद्यालयको आफ्नै सुविधा सम्पन्न र अत्याधुनिक भवन रहेको छ, जहाँ विद्यार्थीहरूले शान्त र मर्यादित वातावरणमा अध्ययन गर्न पाउँछन्। मन्टेश्वरी तहका लागि नयाँ भर्ना समेत खुला गरिएको स्कुल प्रशासनले जनाएको छ।
नयाँ व्यवस्थापनको आगमनसँगै मार्टर्स मेमोरियलले आगामी शैक्षिक सत्रदेखि प्लस टुका कक्षाहरू समेत सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। अनुभवी शिक्षक टोली, प्रविधिमैत्री शिक्षण पद्धति र उत्कृष्ट भौतिक पूर्वाधारका कारण यस विद्यालयले विराटनगरको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।