AArya
RUMPUM
animated ellipse animated ellipse

तराई क्षेत्रमा बढेको चिसोसँगै विराटनगरस्थित स्वास्थ्य संस्थामा टाउको दुख्ने बिरामीको चाप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ पुष २०८२, सोमबार १६:४१
90
Shares
विराटनगर / तराई क्षेत्रमा बढेको चिसोसँगै विराटनगरस्थित कोशी अस्पताल लगायतका स्वास्थ्य संस्थामा टाउको दुख्ने समस्या भएका बिरामीहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ ।

कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार चिसो हावा, शरीरमा पानीको कमी (डिहाइड्रेसन), रक्त नलीहरू सङ्कुचित हुनु र मांसपेशी कडा हुनाले जाडोमा टाउको दुखाइ बढ्ने गरेको हो ।

जाडोमा तिर्खा कम लाग्ने भए पनि शरीरलाई पानीको आवश्यकता उत्तिकै हुने र पानी कम हुँदा टाउको दुखाइ पहिलो सङ्केतका रूपमा देखिने चिकित्सकको भनाइ छ ।

यस मौसममा माइग्रेन र साइनसका बिरामीहरू थप प्रभावित हुने गरेका छन् । विशेष गरी मोटरसाइकल चालक, वृद्धवृद्धा, उच्च रक्तचापका बिरामी र लामो समय मोबाइल–कम्प्युटर चलाउनेहरू उच्च जोखिममा रहेका छन् । डा। खड्काले बारम्बार टाउको दुख्ने, बान्ता हुने, दृष्टि धमिलो हुने वा ज्वरो आउने जस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिन आग्रह गरे ।

टाउको दुखाइबाट बच्न पर्याप्त पानी पिउन, घाँटी र कान छोपिने गरी न्यानो लुगा लगाउन, बिहानको घाम ताप्न र हल्का व्यायाम गर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर