पूर्वाञ्चल खबर
इटहरी/ तेस्रो इन्टर कलेज टुर्नामेन्ट टि -20 क्रिकेटमा नमुना कलेज र जनता कलेज विजयी भएका छन् ।
पहिलो खेलमा विश्व आदर्श कलेज बि टिमलाई नमूना कलेज इटहरीले १ सय २ रनको विशाल अन्तरले जितेको छ ।टस हारेर ब्याटिङ गर्न आएको नमुना कलेजले ४ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । जसमा गौरब कट्वालले ४० रन , राजु विकले ३३ रन र बिपुल साहले २१ रनको योगदान गरेका थिए । विश्व आदर्शका अनिल आचार्य र जस्बिन ढुंगानाले १-१ विकेट लिएका थिए ।
१५६ रन को लक्ष पछयाए विश्व आदर्श १० दशमलव १ बलमा सबै विकेट गुमाएर ५३ रन मात्र बनायो ।आदर्शका पौल सिग्देलले १२ रन बनाए । नमुनाका प्लेयर अफ दि म्याच प्रकाश कार्कीले ३ दशमलव १ बलमा 3 रन खर्चंदै ५ विकेट लिए ।
दोस्रो खेलमा जनता स्कुल इटहरीले रेड स्टार कलेज पथरीलाई ३ विकेटले पराजित गरेको छ । रेड स्टारले टस जितेर ब्याटिङ गर्दै १५ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ८३ रन बनायो । ८४ रनको लक्ष पाएको जनता म बि ले १५ ओभर २ बलमा ७ विकेटको क्षतिमा ८४ रन बनाउदै लक्ष पार गरेको थियो ।