पूर्वाञ्चल खबर
विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ मोरङ शाखाको सहकार्यमा शिविर आयोजना गरिएको विराटनगर ट्रक व्यवशायी संघका अध्यक्ष सञ्जीव सिग्देलले जानकारी दिए।
मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा रहेको संघको ट्रक पार्किङ स्थलमा आयोजित शिविरमा चालक, सहचालक र अन्यसमेत गरी एकसय दुई जनाले सेवा लिएको सिग्देलले जानकारी दिए ।
चेकजाँचका क्रममा आवश्यक औषधि निःशुल्क तथा चश्मा सहुलियत दरमा प्रदान गरिएको थियो । पाँच जनामा मोतियाविन्दुको समस्या देखिएकोमा उनीहरुको विराटनगर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने जनाएको छ ।