AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको  मोर्डनएरा स्कुलले जित्यो प्याब्सन प्रेसिडेन्ट कप यु १५ फुटबल प्रतियोगिताको उपाधी 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ पुष २०८२, मंगलवार १९:२२
369
Shares
विराटनगर / प्याब्सन प्रेसिडेन्ट कप यु १५ फुटबल प्रतियोगिताको उपाधी विराटनगरको मोर्डनएरा स्कुलले जितेको छ ।

विराटनगरको जुटमिल खेल मैदानमा भएको फाइनल खेलमा ग्रेडेड स्कुललाई ट्राईबेकरमा ५ ४ गोल अन्तरले पराजित गर्दै मोर्डनएराले उपाधि जितेको हो।

निर्धारित समय सम्म दुबै टिमले १-१ गोल गरी बराबरी भएपछि खेल ट्राईबेकरमा गरिएको थियो । फाइनल खेलको प्लेयर अफ द म्याच मोर्डनएराका सुसान्त रोईला भएका थिए । त्यसैगरि बेष्ट डिफेन्डर ग्रेडेडका निखिल टुडु, बेस्ट गोलकिपर ग्रेडेडकै तारानाथ पोखरेल, बेस्ट कोच मोर्डनएराका संन्जिव भट्टराई, हाई स्कोरर मोर्डनएराका रोसिक राई,प्लेयर अफ द टुर्नामेन्ट ग्रेडेडका सृजन श्रेष्ठ, फेयर प्लेयर गोदावारिका आर्यान निरौला भएका छन् ।

मंसिर २५ देखि सञ्चालित प्रतियोगितामा विराटनगर भरिका २४ विद्यालयहरुको सहभागिता रहेको कार्यक्रम संयोजक दिनेश ढुंगानाले बताए । स्वास्थ्यका लागि खेलकुद र राष्टको लागि खेलकुद भन्ने नारासहित प्याब्सनले हरेक बर्ष यु १५ फुटवल प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।

विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, जिल्ला उपाध्यक्ष विष्णु डंगोल, महानगर अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष असोक लामा लगायतले पुरस्कार वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर