खबर पूर्वाञ्चल
विराटनगर / गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित सरकारी कार्यालयमा आगजनी गरेको आरोपमा पक्राउ परेकाहरू रिहा हुँदा विराटनगरमा भव्य स्वागत गरिएको छ ।
आज नेपाली कम्युनिष्ट पार्टीका विद्यार्थी नेता ताजिम अन्सारीसहित ९ जना हाजिरी जमानीमा छुट्दा नेकपाका कार्यकर्ताले फूलमाला र अबिरजात्रासहित नाराबाजी गरेका हुन् ।

प्रहरी स्रोतका अनुसार, प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो, तर सरकारी वकिलको कार्यालयले फाइल प्रहरीमै फिर्ता पठाएपछि आरोपीहरू छुटेका हुन् ।
रिहाइलगत्तै समर्थकहरूले जिल्ला प्रहरी कार्यालय परिसरबाहिर अन्सारीसहितको टोलीलाई फूलमाला लगाएर नाराबाजी गरेका थिए। अन्सारीसहितको समूहलाई पूर्वसामान्य प्रशासन मन्त्री अमनलाल मोदीसहितका नेकपा नेताहरूले जिम्मा लिएर छुटाएका हुन् । अमनलाल मोदी मन्त्री हुँदा अन्सारी उनका स्वकीय सचिव थिए।