AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट इन्टरनेशनल डायग्नोस्टिक ल्याब र प्राइम अस्पतालबीच सहकार्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०८२, सोमबार १७:५६
72
Shares
विराटनगर / विराटनगरस्थित प्रतिष्ठित विराट इन्टरनेशनल डायग्नोस्टिक ल्याब प्रालि र प्राइम अस्पताल प्रालिबीच स्वास्थ्य परीक्षण सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले द्विपक्षीय समझदारी भएको छ।

एक कार्यक्रमका बीच ल्याबका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अमित कुशवाहा र अस्पतालका तर्फबाट अपरेशनल डाइरेक्टर सन्तोषकुमार मेहताले समझदारी पत्रमा आज हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै अब प्राइम अस्पतालमा उपचारका लागि आउने विरामीहरूले विराट इन्टरनेशनल डायग्नोस्टिक ल्याबमा उपलब्ध अत्याधुनिक सेवाहरू सहज रूपमा प्राप्त गर्नेछन्। समझदारी अनुसार ल्याबले अस्पताललाई सीटी स्क्यान, एमआरआई, टीएमटी, ईईजीलगायतका विशिष्टकृत डायग्नोस्टिक सेवाहरूमा आवश्यक सहयोग प्रदान गर्नेछ। समझदारी कार्यक्रममा प्राइम हस्पिटलबाट संचालक सनातन मण्डलको पनि उपस्थिती रहेको थियो ।

विराटनगरको हस्पिटल चोकमा अवस्थित प्राइम अस्पताल गत मंसिर १४ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। छोटो समयमै अस्पतालले आफ्नो सेवा विस्तार गर्दै विरामीलाई गुणस्तरीय उपचार प्रदान गर्ने लक्ष्य लिएको छ।

विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डायग्नोस्टिक ल्याबले लामो समयदेखि अत्याधुनिक उपकरणहरूमार्फत विश्वसनीय स्वास्थ्य परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यहाँको ल्याब रिपोर्टलाई चिकित्सा क्षेत्रमा निकै विश्वसनीय मानिन्छ।

दुई संस्थाबीचको यो सहकार्यले विराटनगर र आसपासका बिरामीहरूलाई अझ गुणस्तरीय, भरपर्दो र सहज स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास लिइएको ल्याबका प्रमुख प्रशासकीय अधिकृत अमित कुशवाहाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर