AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको शिक्षादिप कलेजका विद्यार्थीले बनाए एआई भ्वाइस असिस्टेन्टदेखि ‘एग्रो कनेक्ट’ एपसम्म

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ मंसिर २०८२, शनिबार १२:५६
459
Shares
विराटनगर /गुणस्तरीय शिक्षाका माध्यमबाट कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्यको पहिचान बनाएको विराटनगरस्थित शिक्षादिप कलेजले विद्यार्थीहरूको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १३ दिने ‘आईटी तथा इनोभेन्चर वर्कसप’ सम्पन्न गरेको छ ।

काठमाण्डौको ‘कोड हिमालय’ सँगको सहकार्यमा सञ्चालित यो वर्कसपमा विद्यार्थीहरूले बनाएका अत्याधुनिक रोबोटिक्स र डिजिटल बिजनेस मोडेलहरूले सबैको ध्यान तानेका छन् ।

सूचना र प्रविधिको युगमा विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने लक्ष्यसहित कलेजले यो कार्यक्रम आयोजना गरेको हो । वर्कसपमा विज्ञान (कम्प्युटर साइन्स) र व्यवस्थापन संकायका गरी ७ सयभन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

रोबोटिक्स र एआईमा विद्यार्थीको चमत्कार
वर्कसपको मुख्य आकर्षण विद्यार्थीहरूले तयार पारेका ‘इनोभेन्चर इभेन्ट’ अन्तर्गतका सामग्रीहरू थिए । विज्ञान संकायका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सको प्रयोग गर्दै लोभलाग्दा उपकरणहरू प्रदर्शन गरे । जसमा मानिससँग दोहोरो कुराकानी गर्न सक्ने ‘एआई भ्वाइस असिस्टेन्ट’, बाटोमा आउने अवरोधहरू आफैं ठम्याएर छल्न वा रोकिन सक्ने ‘अब्स्ट्याकल एभोइडिङ रोबोट’ र आगन्तुकहरूलाई शिर झुकाएर श्रद्धापूर्वक स्वागत गर्ने ‘स्मार्ट ग्रिटिङ रोबोट’ मुख्य थिए ।

यस्तै, बायोमेट्रिक हाजिरी प्रणालीलाई विस्थापित गर्दै अनुहार स्क्यान गरेरै हाजिर हुने ‘फेस रिकग्निसन अटेन्डेन्स ट्र्याकर’ र विद्यार्थीहरू कक्षा छोडेर भाग्ने समस्यालाई निरुत्साहित गर्न ‘एन्टी बङ्किङ एप’ तथा ‘¥यान्डम सेलेक्टर’ जस्ता उपयोगी एपहरू विकास गरेर विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता पुष्टि गरेका छन् ।

व्यवस्थापनमा डिजिटल क्रान्ति यता व्यवस्थापन संकायका विद्यार्थीहरू पनि कम देखिएनन् । उनीहरूले परम्परागत व्यापारलाई कसरी डिजिटल युगमा रुपान्तरण गर्ने भन्ने विषयमा ‘बिजनेस डिजिटल मार्केटिङ मोडेल’ प्रस्तुत गरे । ८ जनाको समूहले तयार पारेका बिजनेस आइडियाहरूमा ‘वाटर म्यानेजमेन्ट’, ‘म्याच एण्ड मुभ’, फोहोर व्यवस्थापनसम्बन्धी ‘हाम्रो क्लिन’, तरकारी बजारलाई डिजिटलाइज गर्ने ‘भेजिटेबल मार्केटिङ’, ट्युसन पढ्न चाहने र पढाउनेलाई जोड्ने ‘ट्युटर एप’, अनलाइन सवारी बुकिङ गर्ने ‘हाम्रो साधन’ र कृषि क्षेत्रलाई जोड्ने ‘एग्रो कनेक्ट’ जस्ता उत्कृष्ट स्टार्टअप योजनाहरू समावेश थिए ।

वर्कसपमा व्यवस्थापनतर्फ १३४ जना विद्यार्थीलाई २७ समूहमा विभाजन गरी प्रशिक्षण दिइएको थियो, जसमध्ये उत्कृष्ट ७ वटा टिम (३५ जना) फाइनलका लागि छनौट भए । त्यस्तै, विज्ञान संकायका ६०० विद्यार्थीमध्येबाट उत्कृष्ट ५० जनाको ८ वटा समूह छनौट गरिएको थियो । विद्यार्थीहरूको बिजनेस आइडियाको मूल्याङ्कन काठमाडौंबाट आएका निर्णायकहरू आशिष प्रसाई, विजय बाबु रेग्मी र कृपा श्रेष्ठले गरेका थिए ।

प्रशिक्षणका लागि कोड हिमालयका प्रतिक ओझा, परिवेश दङ्गाल, सुदीप अधिकारी, रूपन ढुङ्गाना, क्रिस श्रेष्ठ र मनिष यादवले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादिप कलेज मेडिकल, इन्जिनियरिङ र लोकसेवाको नतिजामा मात्र सीमित नभई आईटी र व्यवस्थापनको क्षेत्रमा पनि अब्बल रहेको दाबी गरे ।

“अहिले विश्वले आईटीमा फड्को मारिरहेको छ । हाम्रा विद्यार्थीहरू भोलि यो युगको नेतृत्व गर्न सकून् भन्ने हाम्रो चाहना हो,” प्रिन्सिपल खड्काले भने, “शिक्षादिप जहिले पनि समयको माग अनुसार एक कदम अगाडि छ । दक्ष प्राविधिक ल्याएर विद्यार्थीलाई यस्तो वर्कसप गराउनुको उद्देश्य उनीहरूलाई ’अपग्रेड’ गराउनु हो ।”

कार्यक्रममा कोड हिमालयका निर्देशक आशिष प्रसाईले शिक्षादिपसँगको सहकार्य फलदायी भएको र यहाँका विद्यार्थीहरूमा देखिएको उत्साहले आईटी क्षेत्रमा नेपालको भविष्य उज्ज्वल रहेको बताए । यो वर्कसपले विद्यार्थीहरूको प्राविधिक ज्ञान मात्र नबढाई उनीहरूको जीवनलाई सुखी र अब्बल बनाउन महत्त्वपूर्ण योगदान दिने विश्वास कलेजले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर