पूर्वाञ्चल खबर
संघले आज खुल्ला रक्तदान तथा ज्येष्ठ नागरिकलाई भोजन गराएर दिवस मनाएको हो।
संघको कार्यालय परिसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ६० जनाले रगत दान गरेका छन्। त्यस्तै, दिवसकै अवसर पारेर साँझ विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई भोजन गराइएको छ।
निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेश मिश्राले दिवसलाई केवल उत्सवका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व पूरा गर्ने अवसरका रूपमा मनाइएको बताए।
रक्तदान कार्यक्रमको उद्देश्यबारे बोल्दै अध्यक्ष मिश्राले भने, ‘रक्तसञ्चार केन्द्रमा रगतको अभाव नहोस् र रगत नपाएर कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने पवित्र उद्देश्यले हामीले रक्तदान कार्यक्रम आयोजना गरेका हौँ।’
निर्माण व्यवसायीहरू भौतिक पूर्वाधार विकासमा मात्र नभई मानवीय सेवा र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको सन्देश दिन यस्ता कार्यक्रम गरिएको संघले जनाएको छ।